क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ जना पक्राउ, ३ अर्ब रुपैयाँभन्दा धेरै ठगी

8.9k Shares

काठमाण्डाै – नेपालमा गैरकानूनी रहेको क्रिप्टोकरेन्सी अर्थात् अभौतिक मुद्राको सङ्गठित रूपमा कारोबार तथा अनलाइन स्क्याममा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलालीको बर्दगोरिया गाउँपालिका–६ घर भई काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–८ गैरीगाउँ बस्ने २२ वर्षीय माइकल डङ्गौरा, बर्दगोरिया–६ घर भएका २६ वर्षीय अनिल विश्वकर्मा, बूढानीलकण्ठ–८ बस्ने २१ वर्षीय पियुष श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका–४ घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–८ तेजविनायक चोक बस्ने १९ वर्षीय आश्विन चौलागाईं छन् । यस्तै रौतहटको गौर नगरपालिका–९ घर भई काठमाण्डौको बानेश्वर बस्ने २२ वर्षीय सत्यमकुमार सहनी, भारतको बिहार घर भई काठमाण्डौ बस्ने २७ वर्षीय रेशन कुमार र ३६ वर्षीय मुन्ना कुमारलाई पनि पक्राउ परेका छन् ।

सम्बन्धित समाचार