अग्नीपीडितलाई राहत सामग्री

7.7k Shares

फुङलिङ । आगलागीबाट पीडित भएका परिवारलाई पाथीभरा याङवरक गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ । अग्निपीडित पाथीभरा याङवरक गाउँपालिका –२ थेचम्बु ओलकका स्थानीय युवराज तामाङको परिवारलाई गाउँपालिकाले आज राहत सामग्री उपलब्ध गराएको हो ।

गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङबो स्वयम् उपस्थित भएर राहत सामग्री हस्तान्तरण गरिएको उहाँको स्वकीय सचिव तेजबिर मेन्याङबोले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक उपभोग्य सामग्री अन्तर्गत चामल ५० केजी, दाल ५ केजी, नुन २ केजी, खानेतेल २ लिटर लगायतका वस्तु प्रदान गरिएको छ । 

त्यस्तै, किचनमा आवश्यक सम्पूर्ण भाँडा, थाललगायतका सामग्री समेत एक–एक थान हस्तान्तरण गरिएको पालिकाले जनाएको छ । त्यस्तै पालिकाले परिवारका सदस्यलाई एक–एक थान लत्ताकपडा जुत्ताचप्पल उपलब्ध गराएको छ । 

सम्बन्धित समाचार