ढोरपाटन घुमेर फर्कने क्रममा जिप दुर्घटना, दुई घाइते

6.2k Shares

बागलुङ (गलकोट)। बागलुङको ढोरपाटन नगरपालिका ९ फल्लेघर भन्ने स्थानमा आइतबार बिहान जिप दुर्घटना भएको छ ।

ढोरपाटन उपत्यका घुमेर फर्कने क्रममा लु ३ च ६८४७ नम्बरको स्कारपियो जिप दुर्घटना हुँदा सवारमा दुई जना सामान्य घाइते भएका छन् । घाइतेको पहिचान खुलेको छैन ।

प्युठान हुँदै ढोरपाटन घुम्न आएको टोली ढोरपाटन घुमेर फर्कने क्रममा दुर्घटनामा परेको जनाइएको हो ।

जिपमा राष्ट्रिय गुठी संस्थानका अध्यक्ष, नेपाल सरकारका दुई जना सहसचिवसहितको टोली रहेको स्थानीय वीरबहादुर विश्वकर्माले बताउनुभएको छ  ।

घटनाको विषयमा जानकारी प्राप्त भएसँगै थप अनुसन्धान र उद्धारका निम्ति प्रहरी टोली घटनास्थलमा गइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । जिप सालझण्डी ढोरपाटन सडकमा पल्टिएको हो । 

सम्बन्धित समाचार