अमेरिकाले कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध लगायो

5.8k Shares

बिश्व। अमेरिकाले कोलम्बियाका राष्ट्रपति गुस्तावो पेट्रोमाथि प्रतिबन्ध लगाएको छ । लागुऔषध तस्करी नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै अमेरिकाले कोलम्बियाका वामपन्थी राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध लगाएको हो ।

अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले एक विज्ञप्तिमार्फत राष्ट्रपति पेट्रोसहित आन्तरिक मामिला मन्त्री आर्मान्डो बेनेडेट्टी, राष्ट्रपति पेट्रोकी श्रीमती र जेठा छोरामाथि पनि प्रतिबन्ध लगाएको उल्लेख गर्नुभएको छ । कोलम्बिया कुनै समय अमेरिकासँग निकट थियो । उसले वार्षिक रूपमा करोडौँ डलर सैन्य सहायता पाउने गरेको थियो ।

तर डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि पेट्रो र उहाँको प्रशासनसँग सम्बन्ध चिसिएको समाचार संस्था सीएनएनले जनाएको छ । बेसेन्टले नेता पेट्रोले देशको सत्ता सम्हालेदेखि कोलम्बियामा कोकिन उत्पादन उच्च दरमा बढेको र यसले अमेरिकालाई समेत असर पारेको आरोप लगाउनुभएको छ । ट्रेजरी विभागले कोलम्बियालाई विश्वको सबैभन्दा ठुलो कोकिन निर्यातकर्ताका रुपमा बताएको छ ।

राष्ट्रपति पेट्रोले यी सबैखाले आरोपको खण्डन गर्नुभएको छ । समाजिक सञ्जाल एक्समा उहाँले आफू दशकौँदेखि लागुऔषध तस्करीविरुद्ध लडिरहेको र अमेरिकालाई कोकिनको उपभोग कम गर्न सहयोग गर्दै आएको दाबी गर्नुभएको छ । 

सम्बन्धित समाचार