10.4k
Shares
काठमाडौं, २३ वैशाख । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२० बसतपुर बस्ने भिखारी महरा चमारको गोठमा सोमबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ४ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सप्तरी, महादेवा गाउँपालिका-६ ढिक्ली बस्ने डम्बर रामको ग्वाली घरमा गए रातिलागेको आगो फैलिएर उनकै भाइ कमल रामको गोठमा समेत आगलागी हुँदा दुबै जनाको गरी करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।