6.5k
Shares
काठमाण्डौ – नवलपरासी बर्दघाट सुस्ता पूर्वमा महिला नेतृत्वको एउटा सहकारी संस्थाले तीन सय ५० वटा खसीबोका बिक्री गरेको छ । हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ झ्यालबासमा सञ्चालित लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँको अवसरमा खसीबोका बिक्री गरेको हो ।
संस्थाको व्यवस्थापक सुशीला परियारले सदस्यहरुले पालेका खसीबोका सहकारी मार्फत बिक्री गरेको जानकारी दिनुभएको छ । प्रतिकिलो ज्युँदो ५ सय ७० रुपैयाँका दरले खसीबोका बिक्री गरेको उहाँले बताउनुभयो । सहकारीले गएको वर्ष एक हजार पाँच सय खसीबोका बिक्री गरेकोमा यो वर्ष भने घटेको छ ।
बजारमा माग कम भएकोले बिक्री नभएको तर तिहारसम्ममा थप बिक्री हुने आशा रहेको परियारले बताउनुभयो ।