17.1k
Shares
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको जारी मतगणनामा गगन थापाको अग्रता कायमै छ । दोस्रोमा विश्वप्रकाश शर्मा छन् ।
३१२० मत गन्दा गगन थापाले २०३७, विश्वप्रकाश शर्माले १२५५, डा. मीनेन्द्र रिजालले ५४६, डा. प्रकाशशरण महतले १०२४, प्रदीप पौडेलले ९३५ र डा. राजाराम कार्कीले ७५ मत पाएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसअनुसार गगन थापा ७८२ मतले अगाडि छन् ।