गगनेखाेलामा खसेकाे पहिराे पन्छाएपछि कर्णाली राजमार्ग चार दिनपछि खुल्याे

8.9k Shares

कालीकाेट – अवरुद्ध कर्णाली राजमार्ग चार दिनपछि खुलेको छ । कालीकोटको शुभकालीका गाउँपालिका–१ गगनेखोलामा खसेको पहिरो पन्छाएपछि कर्णाली राजमार्ग खुलेको हो ।

नेपाली सेना, नेपाल प्रहरी, सडक डिभिजन कार्यालय जुम्लाको संयुक्त टोलीले पहिरो हटाएसँगै सडक खुलेको कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले जानकारी दिनुभयो । सडकको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी सुयल पनि गगनेखोला पुग्नुभएको थियो ।

गएको शनिवार रातिदेखि रोकिएका गाडी आज दिउँसो सडक खुलेपछि गन्तव्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले बताउनुभयो ।

सम्बन्धित समाचार