6.5k
Shares
विर्तामोड – झापाको कनकाई नगरपालिकामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । आज बिहान साढे ८ बजेतिर बिजुलीको खम्बाबाट करेन्ट लगाएर माछा मार्ने क्रममा कनकाई–१ खहरे खोलाका ३७ वर्षीय पङ्कज माझीको ज्यान गएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ अनुसन्धान र कानूनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली खटिएको छ ।