6.6k
Shares
काठमाडौं, ८ साउन । काठमाडौं महानगरपालिका-२८ प्रज्ञा भवन नजिकै सडकमा बागमती प्रदेश ०२-०३४ प ३४५८ नम्बरको स्कुटर अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक काठमाडौं बनस्थली बस्ने उदयपुर त्रियुगा नगरपालिका-१३ घर भएकी २५ वर्षीया समिक्षा रिजालकोमृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।