8.6k
Shares
काठमाडौं, ७ साउन । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल गणेस्थान बस्ने सुदर्शन कामीको घरमा मंगलबार राति आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
झापा, दमक नगरपालिका-३ बस्ने ४५ वर्षीय ख्यामराज सार्कीको गोठमा मंगलबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
नुवाकोट, बिदुर नगरपालिका-१ ढुङ्गेस्थित श्रेष्ठ होटलमा बुधबार बिहान आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।