बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

7k Shares

बैतडी – बैतडीको पाटन–६ खिपालीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । धनगढीबाट दार्चुलाको गन्नाका लागि छुटेको सूपप्र ०४ ००१ज १३७२ नम्बरको जीप आज बिहान साढे पाँच बजे दुर्घटनामा परेको हो ।

दुर्घटना परी ज्यान गुमाउनेमा डिलासैनी गाउँपालिका–१ का चालक २४ वर्षीय सन्तोषबहादुर राना र त्यही ठाउँका ३२ वर्षीय किरण बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

त्यस्तै दुर्घटनमा परी अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेमा डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उहाँकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षीय हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी रहेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।

घाइतेमध्ये राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी पठाएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

सम्बन्धित समाचार