6.4k
Shares
भक्तपुर, २७ असार । मध्यपुर थिमी नगरपालिका-२ शिक्षा विभाग नजिक सडकमा बा.२ क १२८४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री भक्तपुर सानोथिमी बस्ने सिराहा विष्णुपुर गाउँपालिका-४ घर भएका मन कुमार यादवको छोरा ५ वर्षीय आरव यादवको शुक्रबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।