धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला

8.1k Shares

काठमाडौं– धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला परेको छ। 

त्रिशूली खोलाको किनारमा २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालका अनुसार गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको हो। 

 शवको स्थिति र आकृति अनुसार मृतक दुवै जना पुरुष रहेका छन्। घटनाबारे अध्ययन गर्न प्रहरी टोली घटनास्थल पुगेको उनको भनाई छ।

सम्बन्धित समाचार