'कुलिङ पिरियड' प्रकरण : विशेष छानबिन समितिकाे संयाेजकमा कांग्रेसका जीवन परियार

8.3k Shares

काठमाण्डाै – सङ्घीय निजामती विधेयकमा 'कुलिङ पिरियड' व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न गठित सात सदस्यीय संसदीय विशेष छानबिन समिति प्रतिनिधिसभाबाट घोषणा भएको छ । प्रतिनिधिसभाकाे आजकाे बैठकमा सभामुख देवराज घिमिरेले समिति घोषणा गर्नुभएको हो ।

समितिको संयोजक नेपाली कांग्रेसका सांसद जीवन परियार तोकिनुभएको छ । सभामुख घिमिरेका अनुसार समितिमा कांग्रेसबाट जीवन परियार संयोजकसहित र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रोशन कार्की रहनुभएको छ ।

समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको सभामुख घिमिरेले जानकारी गराउनुभयो ।

सम्बन्धित समाचार