6.6k
Shares
रूपन्देही, २९ जेठ । मायादेवी गाउँपालिका-६ बेथरी बस्ने ३२ वर्षीय प्रदिप यादवको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घरमा नल्कामा विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।