सभामुख घिमिरे र तीन दलका प्रमुख सचेतकबिच छलफल सुरु

7.6k Shares

काठमाडौँ ।  संसद्को गतिरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका प्रमुख सचेतकहरुबिच छलफल सुरु भएको छ ।

सभामुख घिमिरेलेले नयाँ बानेश्वरस्थित संसद भवनमा  कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख सचेतकसँग छलफल सुरु गरेका हुन् । 

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।  सत्ता पक्ष समिति गठनको लागि तयार नभएकोले संसद् बैठक अवरोध गर्ने रणनीतिमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरू रहेका छन् । 

सम्बन्धित समाचार