काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा लिवियामा कार्यरत नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।
लिबिया अन्तर्गत तैनाथ स्पेसल गार्ड युनिट भित्र पर्ने भगवती प्रसाद गुल्म (शान्ति सेना) को छैटौं डफ्फालाई फिर्ता गरी नयाँ भैरवीदल गुल्म (शान्ति सेना) को सातौं डफ्फालाई त्यसको स्थानमा पठाइएको हो।
यस क्रममा सातौं डफ्फाका ११५ जना शान्ति सैनिकहरू सेनानी रामकृष्ण बस्नेतको नेतृत्वमा जेठ १९ गते मिसन क्षेत्रतर्फ प्रस्थान गरेका छन्।
उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी छठौं डफ्फामा रहेका ११५ जना नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी विश्वनाथ तिमल्सिनाको नेतृत्वमा जेठ २० गते स्वदेश फर्किएका छन्। हाल लिवियामा कार्यरत सो मिशनमा नेपाली सेनाका २३२ जना शान्ति सैनिकहरू खटिएका छन्।