मृत अवस्थामा फेला

9.5k Shares

काठमाडौं, १६ जेठ । मकवानपुर, बकैया गाउँपालिका-३ जलजले बस्ने ४७ वर्षीय बरूण लामिछाने सोही ठाउँस्थित गोरेटे बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

दाङ, गढवा गाउँपालिका-५ धर्मपुर बस्ने ६० वर्षीय बुधराम चौधरी सोही गाउँपालिका-७ घोराहास्थित मकै बारीमा बिहीबार दिउसो मृत अवस्थामा फेला परेका छन्।

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-६ पोखरापाली बस्ने ५० वर्षीय हरि नारायण बानिया सोही ठाउँस्थित आफ्नै राईस मिलको गोदाम भित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाही, मलंगवा नगरपालिका-१ स्थित कलावती माई मन्दिरको प्राङ्गणमा भारत सितामढी ग्राम पञ्चायत भलुवाहा-१ बस्ने ६५ वर्षीय बरण महतो कोईरी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार