6.4k
Shares
काठमाडौं, ५ जेठ । गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँ डेरा गरी बस्ने नुवाकोट किस्पाङ गाउँपालिका- ५ घर भएकी कुमारी तामाङको कोठाबाट १ तोला बराबरको सुनको सिक्री, ८ तोला चाँदी र नगद ५० हजार रूपैयाँ गरी करिब २ लाख ४९ हजार रूपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।