काठमाण्डौ सतुङ्गलमा रहेको कपडा गोदाममा लागेको आगो निभाइयो

7.5k Shares

काठमाण्डौ – काठमाण्डौको चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुङ्गलमा रहेको कपडा गोदाममा लागेको आगो निभाइएको छ । आरआर कम्प्लेक्सको भुइँतलामा रहेको गोदाममा आज बिहान आगो लागेको थियो ।

६ वटा दमकल र १५ वटा पानी ट्याङ्कर प्रयोग गरी झन्डै दुई घण्टापछि आगो निभाइएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता अपीलराज बोहराले जानकारी दिनुभयो ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएका थिए । क्षतिको विवरण भने आउन बाँकी रहेकाे छ ।

हिजो काठमाण्डौको मखनटोलमा आगलागी हुँदा एक महिलाको ज्यान गएको थियो ।

सम्बन्धित समाचार