भरतपुर । गत माघ २९ गते भरतपुरमा एउटा निजी कार र भारतीय नम्बर प्लेटको ट्रक जुधे । भारतीय ट्रकले कारमा छोए पनि सामान्य इस्क्याच मात्रै भयो , कुनै ठूलो क्षति भएन् । कारवाला काठमाडौं जाने हतारमा भएको कारण उनले जिल्ला प्रहरी कार्यालयका निरीक्षक दीपक रिजाललाई यो बनाउंदा हजार , बाह्र सय लाग्ला , त्यो लिइदिनु होला , म काठमाडौबाट फर्केर आएर लिउंला भनेर गए । तर त्यस केशमा भारतीय नम्बर प्लेटको ट्रक ड्राइभरसंग २५ हजार बार्गेनिङ गरेर १५ हजार लिने काम प्रहरीले गर्याे ।
त्यस्तै अर्को प्रकरण के हो भने सेवाग्राही आफ्नो समस्या परेर निवेदन दिन जिल्ला प्रहरी कार्यालय प्रवेश गरेर ठाडो उजुरी शाखामा जाने बित्तिकै पहिले पाँच हजार रूपैयाँ अनिवार्य घुष दिनुपर्याे नत्र सेवाग्राहीको निवेदनको सुनुवाइ त परैजावोस् दर्ता पनि हुदैन ।
कोही मापसे गरेका , कोही रेष्टुरेन्टमा खाएर हो – हल्ला गरेका देखि अन्य कसुर गरेकाहरू थिए । त्यसो त आइतबार र सोमबार मात्रै होइन कि हरेक दिन मोवाइल गश्तीले कुनै न कुनै कसुरमा विभिन्न व्यक्तिहरू नियन्त्रणमा लिएको हुन्छ । जुन स्वाभाविकै हो । यसबाहेक बिहानैदेखि बेलुकी यातायात कार्यालयको स्वीकृति नलिई अनेक आवाज निस्कने , पड्कने आवाज निकाल्ने साइलेन्सर पाइप राखेर मोटरसाइकल चलाउने चालकहरूलाई पनि गश्तीमा निस्केको प्रहरी टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याएको हुन्छ ।
त्यतिमात्र होइन लागूऔषध सेवन कर्ता , थोरै थोरै मात्रामा गांजा बेच्ने कारोवारी मात्रै होइन कि शहरी क्षेत्रमा रहेका केही यस्ता होटल , लज, गेष्ट हाउसहरू छन् जहाँ युवती राखेर होस या ग्राहक स्वयंले केटी लगेर होस घण्टे कारोवार गर्ने हुन या युवती राखेर मोटो रकम उठाउने कटेज वा क्याविन रेष्टुरेन्ट हुन यस्ता ठाउँहरूमा पनि प्रहरीले सेटिङ नमिलेको र छरछिमेकीहरूबाट धेरै गुनासो आएपछि बाध्य भएर छापा मार्ने गरेको हुन्छ । यसरी पक्राउ परेका युवायुवती हुन या संचालक नै किन नहुन । यसका अलावा स– साना सवारी दुर्घटना सम्बन्धि घटना नै किन नहुन , यी सबै घटनाको पहिलो सुनुवाइ गर्ने निकाय नै जिल्ला प्रहरी कार्यालय चितवनको ठाडो उजुरी शाखा हो
अघिल्लो रात समातिएका यस्ता प्रकृतिका घटनामा संलग्न व्यक्तिहरू मध्ये मुद्दा नै चलाउनुपर्ने अवस्थाका भए मुद्दा शाखाको जिम्मा प्रक्रियामा लगिन्छ भने बांकीलाई सोधपुछ गरेर अब आइन्दा यस्तो हरकत नगर्ने गरि छोड्ने आदेश एसपी वा डिएसपी जो कार्यालय प्रमुख छ उसबाट हुन्छ । तर जब छोड्ने आदेश हुन्छ तब ठाडो उजुरी शाखाको असुली धन्दा शुरू हुन्छ । बुलेट मोटरसाइकल वालाहरूको रेट पाँच हजार घटीमा रहेको छ। कारवाहीको लागि यातायात कार्यालयमा पठाए न्युनतम पाँच हजार र पड्कने साइलेन्सर पाइप हटाउनु पर्ने हुन्छ। त्यसैले पनि चालकहरू त्यही प्रहरीकोमा घुष दिन बाध्य पारिन्छन् ।
मुद्दा शाखामा मुद्दा चल्ने गरि पठाइएका बाहेक अन्य जो सामान्य प्रकारका केशमा समातिएका हुन्छन् उनीहरूलाई डिएसपी वा एसपीले छोड्ने आदेश पनि दिन्छन् तर उनीहरू छुट्दैनन् । पाँच बजेसम्म पनि नछाड्ने जस्तो देखेपछि पक्राउ परेकाहरू आज पनि थुन्ने हुन् कि भन्दै छट्पटीमा पर्दै तीन हजार देखि पाँच हजार सम्म घुष खुवाउन बाध्य हुन्छन् । यो चितवन जिल्ला प्रहरी कार्यालय भित्रको ठाडो उजुरी शाखाको दैनिक प्रक्रिया हो ।
घुष बिना सामान्य भन्दा सामान्य केशका व्यक्ति पनि छुट्नेवाला छैनन् यो शाखाबाट । यसरी खुलेयाम घुषको कारोवार भएको कुरा कार्यालय प्रमुख कहाँ नपुग्ने त पक्कै होइन होला तर पनि खुलेयाम घुषको कारोवार चलिरहेको छ । जब सम्बन्धित व्यक्ति जिल्ला प्रहरी परिसरबाट बाहिर निस्कन्छ तब उसले आंफुले दिएको घुषको कुरा सार्वजनिक गर्छ ।
अहिले जिल्ला प्रहरी कार्यालय चितवनको निवेदन शाखा भनेको भन्सार हो ,जहाँ सेवा होइन सेवाग्राहीलाई खुलेयाम लुट्ने काम हुन्छ । नहोस् पनि कसरी विगत पाँच बर्ष देखि लगातार बिबादास्पद असई राजेन्द्र गौतमलाई त्यसको जिम्मेवारी दिइएको छ । सिपाहीमा जागिर खाएर पछि असई भएका नवलपरासी घर भएका राजेन्द्र गौतम चितवन प्रहरीमा विगत पाँच बर्ष देखि कार्यरत छन् । चितवन जिल्ला प्रहरीमा हाजिर भए पछि केही दिन कार्य शाखामा बसेका असई गौतम हाल बरिष्ठ सई बस्ने र चितवन जिल्ला प्रहरी कार्यलय मातहतको सबैभन्दा राम्रो , अतिरिक्त कमाई हुने र पोष्टिङका लागि टेण्डर हाल्नुपर्ने ठाउँको रूपमा चिनिएको इप्रका लोथर गए । जबकि त्यतिबेला पनि सई प्रमुखको रूपमा कार्यरत हुन्थे तर गौतम असई दर्जामा नै लोथर बसेर त्यसको भरपूर फाइदा लिने प्रहरी हुन् । उनले त्यतिबेला पनि सईलाई हटाएर लोथर जान सफल भएका हुन् । लोथरबाट फर्के पछि उनी लगातार निवेदन शाखामा बसिरहेका छन् । कति एसपी परिवर्तन भए तर उनलाई कसैले हटाएन । त्यही भएर पनि उनको हिम्मत र महत्वाकांक्षा बढेको होला कि उनले सई , बरिष्ठ सइ मात्रै होइन कि निरीक्षक सम्मलाई पनि जय नेपाल गर्दैनन् भन्ने कुरा चितवन प्रहरीमा सबैलाई थाहा भएको कुरा नै हो । त्यतिमात्र होइन तत्कालीन डिएसपी भेष राज रिजालले अति नै च्यापेको र आर्थिक लेनदेन देखिका केश हेर्ने जिम्मेवारी दिएपछि भुंईमा खुट्टा नटेक्ने असई गौतमलाई रिजाल एसपी बढुवा भएर गएपछि एक दिन सवेदार मेजर बरिष्ठ सई गोपी बहादुर वमले डियुटी मात्रै के हालेका रहेछन् असई गौतमको रिसको पारा सय नाघेछ । सुमेसंग झगडा नै गर्न पुगेछन् । त्यसपछि सुमेले डियुटी हाल्न सकेका छैनन् ।
चितवन प्रहरीमा महिलाका केश बाहेक जतिपनि केश आउंछन ती सबै पहिले निवेदन शाखामा जानुपर्ने बाध्यता छ । त्यसपछि मुद्दा चल्ने केश मात्रै मुद्दा शाखामा जाने हो अन्यथा यही निवेदन शाखाबाट नै फरफारक हुने भएकोले यहाँ पैसाको ठूलो चलखेल हुन्छ । घुष बिना यो शाखामा कुनै काम हुदैन । प्रहरीका सई सम्मका कसैले चिनेको मान्छे आएर सिफारिस गरेभने झन् उल्टो हुन्छ । कि त रेट ५ हजार भन्दा बढी पैसा लिने कि त पीडितले न्याय नपाउने । यो यथार्थता हो । भेषराज रिजाल हुदा उनले भनेको बाहेक अरूले भनेको कुनै काम नगर्ने असई गौतमले गर्दै आएका थिए । हाल दोलखा सरूवा भएका डिएसपी ज्ञान कुमार महत्तोले भनेको काम त झनै हुने थिएन् । यस्ता बदनाम असई गौतमलाई गोबिन्द पुरीले अब के गर्छन् त्यो हेर्न बांकी नै छ ।