आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

8.3k Shares

काठमाडौं, १६ वैशाख गुल्मी, छत्रकोट गाउँपालिका-३ हर्दिनेटा बस्ने भक्त बहादुर नेपालीको गोठमा सोमबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सप्तरी, कञ्चनरूप नगरपालिका-३ बस्ने बिरेन्द्र साहको कृषि फर्म, सोही नगरपालिका-१० बस्ने सचितानन्द यादवको कुखुरा फर्म, अवधेश मुखियाको कुखुरा फर्म र राम प्रसाद दासको कुखुरा फर्ममा सोमबार आगलागी हुँदा चारै जनाको गरी करिब १२ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रूकुम पश्‍चिम, आठबिसकोट नगरपालिका-५ चिउजारा बस्ने भीम बहादुर बिष्टको घरमा सोमबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरी, इटहरी उपमहानगरपालिका-३ तालतलैया बस्ने पदम बहादुर तामाङको भान्सा घर र गोठमा गए राति आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मोरङ, पथरीशनिश्चरे नगरपालिका-३ छयालिस बिघे बस्ने जय बहादुर राईको गोठमा गए राति आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार