8.7k
Shares
दाङ, तुलसीपुर उपमहानगरपालिका-१ देवीस्थान बयल डाँडा बस्ने ५० वर्षीया साबित्रा केसी आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
सिराहा, सिरहा नगरपालिका-१५ बस्ने सुशिल यादवको घर अगाडी सोही नगरपालिका-२१ लकडिगोठ घर भएका ६० वर्षीय राम दहिन मुखिया मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
अछाम, साँफेबगर नगरपालिका-८ दोबाटोस्थित बाग्थलो जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।