जन्मदर्ता नपाउँदा सडक बालबालिका राज्यबाट पाउने अधिकारबाट वञ्चित

10.4k Shares

काठमाडौं । जन्मदर्ता नहुँदा सडक अहिले पनि राज्यबाट पाउने स्वास्थ्य, शिक्षा लगायतका सेवा प्राप्त गर्न सडक नसकेको सडक बालबालिकाले गुनासो गरेका छन् । बालबालिको क्षेत्रमा काम गर्ने संस्था ‘साथसाथ’ ले मंगलबार आयोजना गरेको ‘बालिकाको जन्मदर्ता सम्बन्धी पैरवीपत्र प्रकाशन’ सार्वजनिक कार्यक्रममा बालबालिकाहरूले समस्या सुनाएका हुन् ।

तीन पुस्तासम्म कानुनी पहिचान नभएका बालबालिकाले जन्मदर्ता बनाउन नसक्दा राज्यबाट पाउने कुनै पनि सुविधा वञ्चित भइरहेका छन् ।

कार्यक्रममा जन्मदर्ता नहुँदा नागरिकता विहीन बनेका सञ्जय राई र राजेश ठकुरीले अभिभावको पहिचान नहुँदा नागरिकता बनाउन नसकिएको यसले जीविकोपार्जनका लागि समेत कठिन भइरहेको गुनासो गरे ।

साथसाथ संस्थाकी स्रोत व्यक्ति कविता शाहले संस्थाले २७ वर्षदेखि जोखिममा परेका सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएको जानकारी दिइन् । त्यसक्रममा ५२ जिल्लाका बालबालिकाले जन्मदर्ता नहुँदा नागरिकता बनाउन कानुनी र व्यावहारिक चुनौती रहेको उल्लेख गरिन् ।

सम्बन्धित समाचार