नाङ्गो भइसकेको तीनकुने घटनाझैँ सरकारले ममाथिको पर्साको मुद्दा लुकाएको भन्ठान्छ: रवि लामिछाने

8.3k Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाएका छन् । मंगलबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेसँगको भेटपछि सो कुरा बताएका हुन् 

पर्साको विलम्बलाई कसरी हेर्नुभएको छ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले तीनकुनेको घटना झैँ सबै नाङ्गो भइसकेपछि पनि सरकार ढाकछोप गरेका छौँ भनेर बसिरहेको टिप्पणी गरे । सभापति लामिछानेले पर्साको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको आरोप लगाए ।

सभापति लामिछानेले भन्नुभयो, ‘सांसद, जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद् नै हो । सदनको यो सेसनको पहिलो दिनमा नै मैले प्रक्रियागत रूपमा सम्माननीय सभामुखज्यूलाई निवेदन नै दिएको थिएँ । कानुनको मक्सद यो होइन, राजनीतिक प्रतिशोधका कारणले म जन्मनु भन्दा अगाडिको मेरो हजुरबुबाको सम्पत्तिलाई पनि कसुर मानेर, मेरो विवाह भन्दा अघिको श्रीमतीको सम्पत्तिलाई पनि कसुर मानेर खालि सांसद पद कसरी निलम्बन गर्न सकिन्छ भन्ने दूषित मनसाय राखी दर्ता मात्र गरिएको, अदालतको ढोकामा टेकाइएको मुद्दाका आधारमा निलम्बन हुनु हुँदैन भनेर कानुनी कुरा राखेको थिएँ । एउटा मान्छे सधैँ अदालत नै जाने, सधैँ झैझगडा नै गर्ने भन्ने हुँदैन ।’

उनले जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद् भएकाले संसद्मा आफ्नो उपस्थिति हुन दिनका लागि सभामुखसँग भेटघाट गरेको बताए । संसद्को विषय संसद्बाट नै निवारण गरौँ भन्ने अभिप्रायका साथ आफूले सभामुख घिमिरेसँग भेट गरेको जानकारी दिए । 

सम्बन्धित समाचार