हुलदङ्गाका कारण भएका क्षतिको बीमा दाबी शीघ्र फछ्र्यौट गर्न निर्देशन

10.5k Shares

काठमाण्डौ – नेपाल बीमा प्राधिकरणले यही चैत १५ गते काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिबाट पर्नसक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फछ्र्यौट गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबिमा कम्पनीलाई निर्देशन दिएको जनाएको छ ।

हुलदङ्गाका कारण भएका क्षतिको विवरण ‘एक्सेल स्प्रिडसिट’ ढाँचामा प्राधिकरणले दिएको ‘गुगल फर्म’को लिङ्कमार्फत साप्ताहिक रूपमा हरेक हप्ताको बुधवार प्राधिकरणमा पेश गर्न निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीलाई निर्देशन दिइएको हो ।

सम्बन्धित समाचार