भारतलाई सुखद् अन्त्यको अपेक्षा

18.1k Shares

काठमाडौं । न्युजिल्यान्डले आइतबार भएको खेलमा अफगानिस्तानलाई हराएसँगै भारत प्रतियोगिताबाट बाहिरिएको छ । भारतले आज हुने नामिबियाविरुद्धको खेलमा ठूलो अन्तरले जित निकाले पनि उसका लागि सुखद् बिदाइ मात्र हुनेछ । 

टिमका मुख्य प्रशिक्षक रवी शास्त्रीले राजीनामा दिनुअघि र विराट कोहलीले कप्तानीको जिम्मेवारी छोड्नुअघि भारतका लागि यो अवस्था आएको हो । 

विश्वकप क्रिकेटपछि रवी शास्त्रीले मुख्य प्रशिक्षकको जिम्मेवारी छोड्दैछन् भने विराट कोहलीले कप्तानीको जिम्मेवारी छोड्दै छन् । भारतीय क्रिकेटमा राम्रो इतिहास बनाएका विराटका लागि आजको खेल कप्तानीको रुपमा सुखद् अन्त्य गर्ने अवसर बन्नेछ । 

यदि नामिबियाले पनि भारतलाई पराजित गर्दा भारतीय क्रिकेटको टी–ट्वान्टी विश्वकप इतिहाँसकै खराव संस्करण मानिनेछ । त्यसैले नामिबियाका लागि आजको खेल ठूलो प्रतियोगिताको सुखद् अन्त्य गर्नु हुनेछ । 

“हामी यहाँ ठूलो लक्ष्य बोकेर आएका थियौं । त्यो पूरा हुन सकेन । हाम्रो लागि सुपर–१२ ठूलो अनुभवका साथ रह्यो । हामीले आफ्नो शतप्रतिशत दियौं । सबै टिमसँगको खेल हाम्रो लागि राम्रो रह्यो,” नामिबियाका प्रशिक्षक पियर डे ब्रुइनले भने । 

यता सेमिफाइनल सम्भावना सकिसकेको भारत आजको खेलमा केही ठूला खेलाडीलाई आराम दिने लक्ष्यमा छ । भारतले नोमेम्बर १७ बाट न्युजिल्यान्डसँग टी–ट्वान्टी र टेस्ट सिरिज खेल्दैछ । 

सम्बन्धित समाचार