कुलमानको रिट दर्ता, शुक्रबार पेसी

7.8k Shares

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाइ दायर भएको रिटमा उनले कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्नुपर्ने माग गरेका छन् ।

उनले गैरकानुनी रुपमा आफूलाई हटाइएको भन्दै पुनर्स्थापनाको माग गर्दै बुधबार रिट निवेदन पेस गरेका दिएका थिए । हिजो हेर्न नभ्याइएपछि आज मात्रै रिट निवेदन दर्ताको प्रक्रिया अघि बढेको हो ।

उक्त रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।

सम्बन्धित समाचार