मंसिरदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सुरू गर्ने

20.9k Shares

काठमाडौं । सरकारले मंसिरदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सुरू गर्ने भएको छ । यसका लागि यातायात व्यवस्था विभागले कात्तिकभित्रै १४ लाख कार्ड ल्याउने तयारी गरेको छ ।

हाल विभागले विदेश जान लागेका नागरिक र सार्वजनिक सेवामा आवद्ध कर्मचारीका लागि स्मार्ट लाइसेन्स वितरण गरिरहेको छ । बाँकी लाइसेन्स मंसिर १ गतेदेखि प्रिन्ट सुरू गर्ने तयारी भइरहेको छ । लाइसेन्स प्रिन्ट सुरु भएको एक महिनापछि नयाँ लाइसेन्स वितरण थालिने छ ।

यसैबीच सरकारले प्रदेश १ र २ बाहेक सबै प्रदेशमा डिजिटल प्रविधिको ईम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागेको छ । ईम्बोस्ड नम्बर प्लेटका बारेमा केही दिनमै राजपत्रमा सूचना प्रकाशित हुने र यसपछि वितरणको काम सुरु गरिने छ ।

सम्बन्धित समाचार