काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३५ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१४ हजार ९ सय ८९ जनाको नमुना परीक्षण गर्दा थप ३५ सय १७ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ सय ५६ जना पुरुष र १३ सय ६१ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।
त्यस्तै, शुक्रबार चार हजार ९६ जना कोरोनामुक्त भएका छन् । योसहित कोरोनमुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ ।
मन्त्रालयका अनुसार कोरोनामुक्त हुने दर ७६.७ प्रतिशत रहेको छ ।
हाल देशभर ३८ हजार ३ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् ।