पोखरामा हरित रोजगारी परियोजना : १० मिलियन लगानी, ३ हजारलाई रोजगारी

8k Shares

पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना थालनी भएको छ । यो परियोजनामा झण्डै १० मिलियन अमेरिकी डलरको लगाी गरेर ३ हजारभन्दा बढीलाई रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

प्रदर्शनी केन्द्र पोखराको पुरानो स्वरुप तथा अन्य कार्यक्रम गर्ने स्थललाई बिग्रन नदिने बरु सौन्दर्यीकरण गर्ने गरी कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा पोखरा महानगरपालिकाले परियोजना सुरु गर्न लागेको हो । यही परियोजना अन्तर्गत कोसेली घरको शिलान्यास गरिएको छ ।

सम्बन्धित समाचार