सिद्धार्थनगर । बुटवलमा महिला भलिवल प्रतियोगिता शनिबारदेखि जीपी कोइराला महिला भलिवल रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा जीपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीले १३ औं संस्करणको महिला भलिवल प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको प्रतियोगितामा करिव १७ विद्यालयका छात्राहरुको टिम सहभागि हुने प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीले जानकारी गराउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार रुपियाँ नगद पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै दोस्रो हुनेलाई २० हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार नगद पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका सदस्य तथा प्रतियोगिताका संयोजक बाबुराम विकले जानकारी गराउनुभयो । उहाँका अनुसार उत्कृष्ट खेलाडी र अनुशासित खेलाडिलाई पनि एक हजार पाँच सय नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।