22.5k
Shares
काठमाडौं । नेपालमा मंगलबार थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ७७१ पीसीआर परीक्षणमा ५६९ जना र २ हजार २४९ एन्टिजेन परीक्षणमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ४ हजार ५१३ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३७२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप ६२२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८८ हजार ६३० जना निको भएका छन् ।
हाल नेपालमा १० हजार २९६ सक्रिय संक्रमित आइसोलेसनमा र २१७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।