9.9k
Shares
काठमाण्डौ – चालू आर्थिक वर्षको सात महिना अर्थात् साउनदेखि माघसम्ममा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५ दशमलव ६२ प्रतिशतले बढेको छ ।
नेपाल बैंकर्स सङ्घले सार्वजनिक गरेको विवरण अनुसार चालू आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरूको निक्षेप अर्थात् बैंकमा जम्मा हुने रकमको तुलनामा कर्जा बढेको हो । २० वटा वाणिज्य बैंकको सात महिनाको निक्षेप ४ दशमलव २१ प्रतिशत बढ्दा कर्जा लगानी ५ दशमलव ६२ प्रतिशतले बढेको छ ।
पछिल्लो सात महिनामा कर्जा लगानी ४८ खर्ब २७ अर्ब र निक्षेप सङ्कलन ५९ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा बैंकहरूले ५७ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन र ४५ खर्ब ७० अर्ब रुपैयाँको कर्जा प्रवाह गरेका थिए ।