8.6k
Shares
पोखरा । २४औं संस्कणरको आहरारा पोखरा गोल्डकपको उपाधिका लागि शनिवार नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु हुनेछ ।
शुक्रबार भएको प्रि म्याच कन्फेरेन्समा पुलिस र ब्ल्याक बुल्सले फाइनलका लागि तयार भएको जनाएका छन् ।
खेलाडीको रुपमा ३ पटक आहरारा पोखरा गोल्डकपको उपाधि जितेका नेपाल पुलिसका प्रशिक्षक चेतन घिमिरेले फाइनलका लागि मानसिक र शारीरिक रुपमा तयार रहेको बताए । ‘मानिसिक रुपमा हामी तयार छौँ । हामी ११ औं पटक फाइनल खेल्दैछौँ र सातौं पटक च्याम्पियन बन्ने लक्ष्यमा छौँ ।’ घिमिरेले भने ।