सोतीपसलमा नयाँ प्रहरी भवन

9.9k Shares

लमजुङ। लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसलमा प्रहरी चौकीको नयाँ भवन निर्माण गरिएको छ। मङ्गलबार नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक भोलाबहादुर रावलले नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गर्नुभयो।

प्रहरी नायब उपरीक्षक इन्जिनियर ध्रुव अधिकारीले नवनिर्मित भवनमा कार्य प्रशासन शाखा, महिला÷पुरुष हिरासत कक्ष, महिला पुरुषको व्यारेक, इन्चार्ज आवास, भान्सा तथा चर्पीसहितको आधुनिक भवन निर्माण गरिएको बताउनुभयो।

इलाका प्रहरी कार्यालय भोर्लेटरका प्रमुख प्रहरी निरीक्षक याम नारायण अर्यालका अनुसार दुई रोपनी क्षेत्रफलमा बनाइएको भवन आरसिसि फ्रेम स्टक्चर अवधारणामा र लोड बियरिङ् अवधारणामा शौचालय निर्माण गरिएको छ। नवनिर्मित भवन महिला र फरक क्षमता व्यक्तिमैत्री रहेको उहाँले बताउनुभयो। 

विदुर–७ नुवाकोटको सुनामी–एस ए जेभीसँग तीन करोड १६ लाख ८८ हजार ५४ रुपियाँको लागतमा २०८० जेठ २१ गते सम्झौता भई प्रहरी चौकीको भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो। 

उद्घाटन समारोहमा मन्तव्य राख्दै मध्यनेपाल नगरपालिकाका उपप्रमुख सीता गुरुङ, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ र मध्यनेपाल–२ का वडाअध्यक्ष पदमबहादुर थापाले नयाँ भवनबाट यस क्षेत्रका नागरिकले सर्वसुलभ शान्तिसुरक्षा र सेवा पाउने बताउनुभयो।  

सम्बन्धित समाचार