सिलाम साक्माको प्रवर्द्धन र प्रचारका प्रतिमा निर्माण

8.5k Shares

ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकामा लिम्बू जातिको साँस्कृतिक पहिचानको रूपमा रहेको सिलाम साक्माको प्रवद्र्धन तथा प्रचार गरिएको छ। गाउँपालिकाले मौलिक संस्कृतिको जगेर्ना साथै प्रवद्र्धन गर्ने उद्देश्यसहित सिलाम साक्माको प्रतिमा निर्माण गरी  प्रवर्द्धधनात्मक प्रचार गरेको हो।

लिम्बू भाषामा सि को अर्थ मृत्यु, लामको अर्थ बाटो र साक्माको अर्थ छेक्नु हो, अर्थात सिलाम साक्माको अर्थ मृत्युको बाटो छेक्नु हुन्छ । लिम्बू जातिको साँस्कृतिक पहिचान झल्काउने सिलाम साक्माको पछिल्लो समय प्रयोग गर्ने क्रम पनि बढ्दै गएको छ। लिम्बूबाहेकका समुदायसम्म सिलाम साक्माको प्रयोग बढ्दै गइरहेको बेला मैवाखोला गाउँपालिकाले यसको प्रवद्र्धनमै जोड दिएको छ।

मैवाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र साँघुमा गएको आइतबार सुरु भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विशाल आकारको सिलाम साक्माको प्रतिमा निर्माण गरिएको छ। वर्गाकार अर्थात् उचाई ५४ फिट र चौडाई ५४ फिट भएको विशाल आकारसहित विभिन्न आकारका सिलाम साक्मा निर्माण प्रदर्शन र प्रचार गरिएको छ। 

सम्बन्धित समाचार