संस्कृति संरक्षणका लागि बहुजातीय सांस्कृतिक कार्यक्रम आयोजना

8.6k Shares

तनहुँ– तनहुँको व्यास नगरपालिकाले विभिन्न जातिका मौलिक भाषा, कला, संस्कार र संस्कृति संरक्षणका लागि व्यास नगर बहुजातीय सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

नगरपालिकाले नगरपालिकाभित्र बसोबास गर्ने सबै समुदायका मौलिक भाषा, साहित्य, कला, संस्कार, संस्कृति जगेर्ना, उत्थान र संवर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम गर्ने जनाएको हो ।

व्यास नगरपालिकाको संरक्षकत्वमा व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजना तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको समन्वयमा आगामी फागुन ७, ८ र ९ गते व्यास नगर बहुजातीय सांस्कृतिक कार्यक्रम हुने नगरप्रमुख कुलपति वैकुण्ठ न्यौपानेले बताए ।

सम्बन्धित समाचार