प्रशासन कार्यालयको टोलीद्वारा अस्पतालको अनुगमन

9.7k Shares

नेपालगन्ज । यस क्षेत्रको सबैभन्दा ठुलो सरकारी अस्पतालमध्ये एक नेपालगन्जस्थित भेरी अस्पतालमा जिल्ला प्रशासन कार्यालय बाँकेको अनुगमन टोलीले अनुगमन गरेको छ । 

अनुगमनको क्रममा अस्पतालको ओपिडी र इमरजेन्सी विभागमा ड्युटी समयमा चिकित्सक नभेटिएको, ठुलो संख्याका बिरामीहरु प्रतिक्षामा रहेको र कर्मचारी, स्वास्थ्यकर्मी तथा चिकित्सकले समेत नियमित हाजिरी गर्ने नगरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।  

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको नेतृत्वमा रहेको अनुगमन टोलीले अस्पतालमा पुगेर अस्पतालले प्रवाह गर्ने स्वास्थ्य उपचार सेवाको बारेमा अनुगमन गरेको हो ।

सम्बन्धित समाचार