9k
Shares
काठमाडौं - दाङ देउखुरीबाट आएका स्वर्गद्वारी गुठी पीडित मोही किसानले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले आजदेखि काठमाडौँको माइतीघरमा विभिन्न ३ बुँदे माग राख्दै प्रदर्शन गरेका हुन् ।
२०४५ सालदेखि जिल्ला केन्द्रित आन्दोलन गर्दा पनि न्यायपूर्ण मागको सुनुवाइ नभएको भन्दै उनीहरू कृषि औजारसहित काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका छन् ।
मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था गर्न,विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्कासित मोहीको हक पुनर्स्थापित गर्न र किसानले बुझाउनु पर्ने रैतानी वापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गरिदिन उनीहरूको माग छ ।