संसदमा देउवाले भने- व्यावसायिक प्रबन्धका लागि लगानीअनुकूल वातावरण बनाउन अध्यादेश ल्याएका हौँ

11k Shares

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यावसायिक वातावरण प्रबन्ध गर्नका लागि देश भित्र र बाहिरबाट लगानीअनुकूल वातावरण बनाउन अध्यादेशहरू ल्याएको बताएका छन् । 

बिहीबारबाट सुरु भएको प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सरकारले ल्याएका अध्यादेशले देशको आर्थिक अवस्थामा सुधार ल्याउनेमा आफू विश्वास रहेको बताए । 

‘हालै सरकारले व्यावसायिक वातावरण प्रबन्ध गर्न देशभित्र बाहिरबाट लगानीको अनुकूल वातावरण बनाउन अध्यादेशबाट केही कानून ल्याएको छ,’ सभापति देउवाले भने, ‘यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने कुरामा मैले विश्वास लिएको छु ।’ 

पूर्वप्रधानमन्त्री देउवाले सुशासनको सुनिश्चितता, सेवा प्रवाहमा सहजताका लागि पनि सरकारले अध्यादेशमार्फत कानून बनाएको जिकिर गरे । 

सम्बन्धित समाचार