सुदूरपश्चिम प्रदेश सरकारद्वारा बडघर प्रथालाई कानूनी मान्यता दिन पहल शुरू

9.4k Shares

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बसोबास गरिरहेका थारू (डगौरा) समुदायको बडघर प्रथालाई कानूनी मान्यता दिन पहल शुरु गरेको छ ।

त्यही प्रयासस्वरूप यससम्बन्धी विधेयक निर्माणका लागि सामाजिक विकास मन्त्रालयले आर्थिक मामिला मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सैद्धान्तिक सहमतिका लागि पठाएको छ ।

मन्त्रालयका कानून अधिकृत दानबहादुर सुनारले बडघर प्रथाको संरक्षणका लागि पहल शुरू भएको बताउनुभयो । उहाँले सैद्धान्तिक सहमति प्राप्त भइसकेपछि थप प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरीमा आयोजित माघी महोत्सव कार्यक्रममा थारू समुदायको संस्कृति संरक्षणका लागि बडघर प्रथालाई मान्यता दिनेगरी ऐन बनाउन लागिएको जानकारी गराउनुभयो ।

यस प्रथाले कानूनी मान्यता पाउन सकेमा कैलाली र कञ्चनपुरमा रहेका थारू (डगौरा) समुदायको संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार