नेपाल कुष्ठरोगमुक्त नजिक

11.1k Shares

काठमाण्डाै – आज ७२ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि ‘कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौँ’ भन्ने नाराका साथ मनाइँदैछ । नेपालमा कुष्ठरोगका बिरामी घट्दै गएको तथ्याङ्कले देखाएको छ । सङ्ख्या घट्दै गएपछि नेपाल कुष्ठरोगमुक्त नजिक पुगेको छ ।

नेपालमा सन् २०१९ को तुलनामा सन् २०२४ मा नयाँ बिरामीको सङ्ख्यामा २५ प्रतिशत र बालबालिकामा कुष्ठरोग लाग्ने दरमा झन्डै ५० प्रतिशतले घटेकोे विश्व स्वास्थ्य सङ्गठनका नेपालका प्रतिनिधि डा. राजेश पाण्डवले आज निकालेको विज्ञप्तिमा उल्लेख छ ।

शरीरमा छुँदा थाहा नपाउनु, रातो वा फुस्रो रङको दाग देखिनु, अनुहार वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा देखा पर्नु, अनुहारको छाला र कानको लोती बाक्लो तथा चम्किलो हुनु, नशा सुन्निनु वा दुख्नु तथा झमझम गर्नु, आँखा चिम्लिँदा पूरै बन्द नहुनु, आँखीभौँ झर्नु वा पातलो हुनु, हल्केलाको मासंपेशी सुकेर जानुजस्ता कुष्ठराेगका लक्षण हुन् । यस्तै हातगोडाका औँला बाङ्गा हुनु र कमजोर हुँदै जानु, हातगोडा पोल्नु, निदाएको जस्तो हुनु वा झमझम गरिराख्नु पनि कुष्ठरोगका लक्षण हुन् । 

कुष्ठरोगको उपचारमा लगानी बढाउन, उपचार सेवालाई सुदृढ पार्न र कुष्ठरोगसँग जोडिएका लाञ्छना तथा विभेदको अन्त्य गर्न जरुरी रहेकाे विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार