पदाधिकारी बैठकअघि विद्यार्थी नेताहरूसँग प्रचण्डको छलफल

9.2k Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठकअघि अखिल क्रान्तिकारीका भावी अध्यक्षका दाबेदारहरूसँग छलफल गरेका छन् । क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि अनलाइनमार्फत मंगलबारदेखि मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ ।

अध्यक्षका प्रत्याशीसँग कुराकानी गरेपछि अहिले प्रचण्ड निवास खुमलटारमा बैठक बसिरहेको छ । अध्यक्षको दाबेदारमा उपमहासचिवहरू विजय प्रकाश शर्मा सापकोटा, तिर्सना हमाल, योगेन्द्र बुढा, हेमन्त राई, सुदिन पौडेल र विश्वमणि थापा लगायत आकांक्षी छन् ।

यता निवर्तमान उपाध्यक्ष पवन कार्की समूहका उपदेश यादव र सञ्जीव फुँयालले पनि अध्यक्षमा दाबी गरेका छन् । सहमतिबाट नेतृत्व छनोटका लागि ३२ वर्ष उमेर हदबाट बाहिरिएका नेताहरूलाई समेत प्रचण्डले खुमलटार बोलाएका छन् ।

सम्बन्धित समाचार