काठमाडौं । काठमाडौंको नयाँसडकस्थित झोछेँमा देखाउटी रुपमा सामान्य अफिस राखेर विभिन्न इलेक्ट्रीकल समान बेच्ने गरेका विजय सिंगल(नाघोरी)को मुख्य काम भने हुण्डी कारोवार रहेको छ । विगत लामो समयदेखि काठमाडौमा बसेर हुण्डीको कारेवार गर्दै आएका विजयका दाई अशोक भने भारतमा बसेर विजयलाई सहयोग गरिरहेका छन । विजय सिंगल(नाघोरी)ले नेपालमा हुण्डीको कारोवार गर्ने र उनका दाई अशोकले भारमा बसेर हुण्डीको कारेवार हेर्ने गरेका छन । नयाँ सडकमा समाचार आए पछि विजयले झोछेँमा राखेको अफिस अहिले बन्द छ । उनले आफु बस्ने घरबाटै हुण्डकिो कारोवार गर्ने गरेका छन । भोटेवहाल ओरालो नजिक बस्ने गरेका विजयले विभिन्न सहकारी संस्था र बैंकहरु मार्फत पनि हुण्डीको कारोवार गर्ने गरेका छन । हुण्डीकारोवार गर्नेलाई छिटिपुट रुपमा प्रहरीले पक्राउ गरेपनि विजय सिंगलको हुण्डी धन्दा भने फस्टाई रहेको छ । न्युरोडको पुरानो नगरपालिका अगाडी सामान्य अफीस लिएर हुण्डी कारावार गर्दै आएका विजयले भोटेवहालबाट समेत हुण्डी कारेवार गर्ने गरेको स्रोतले बताएको छ । विजयले भारत,दुवइ तथा अन्य देशहरुमा हुण्डी बाट ठूलो रकम पठाउने गरेका छन । उनले काठमाडौंमा रकम संकलन गर्ने र अर्को कुनै देशका मानिसले भुक्तानी पाउने गरी गोप्य कोडको आधारमा पैसा पठाउँछन र अर्को ठाउँबाट वा देशबाट भुक्तानी हुन्छ यसरी अबैध तरिकाले हुण्डीको कारोबार उनले विगत लामो समय देखि गर्दै आएका छन । भारत घर भएका विगज लामो समयदेखि काठमाडौं बस्दै आएका छन । विजयको हुण्डी कारोवारमा प्रहरीले पनि अप्रत्यक्ष रुपमा साथ दिएको समाचार स्रोतले बताएको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको अगाडी वसेर विगत लामो समय देखि हुण्डी कारोवारगर्दै आएका विजयलाई अहिले सम्म समाउन सकेको छैन । केहि घुमुवा प्रहरी तथा केहि व्यापारीकै सहयोगमा विजयले जनसेवाको नाकैमा अबैध धन्दा चलाई रहेको बताईएको छ । यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख दिल बहादुर मल्लले आफुलाई मिडियामा बोल्ने अधिकार नभएको र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता संग प्रतिक्रिया लिन अनुरोध गरे । विजयले आफ्नो सम्पर्क उच्च तहका प्रहरीसम्म रहेको बताउने गरेका छन । त्यही साथ भएर होला नयाँसडकक्षेत्रबाट अहिले सम्म कयौं पक्राउ परे तर विजय भने मज्जाले कारोवार गरिरहेको समाचार स्रोतले बताएको छ । समाचारको विषयमा विजयलाई सम्पर्क गर्न खोज्दा सम्र्पक हुन सकेन । नयाँसडकडटकमबाट