14.4k
Shares
काठमाडौं – अहिले नेपाली फिल्मी बजार सुनसान छ । जाडो मौसम सुरु भएसँगै हलमा नेपाली फिल्म एकदुई मात्रै लागेका छन् ।
त्यसैले मनोरञ्जनबृत्तमा नेपाली फिल्मलाई चिसो लागेको चर्चाले स्थान पाएको छ । फिल्मलाई चिसो लागेको भन्नुको अर्थ ‘जाडो लागेसँगै फिल्म प्रदर्शनमा कमी आउनु’ हो ।
हलमा नेपाली फिल्म लाग्दै नलागेका भने होइनन् । देशभरका सिनेमा हलमा अहिले चारवटा नेपाली फिल्म प्रदर्शनरत छन् । तर तिनको शो एकदमै न्यू ।
मंगलबारको हकमा गत फूलपाती अर्थात् असोज २४ बाट प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ले एक शो पाएको छ । त्यो पनि बुटवलको हलमा । यद्यपि यो ५१ दिन मनाउन सफल र बक्स अफिसमा हिट फिल्म हो ।