ललितपुमा बाढी : एक महिलाको मृत्यु, बालिका बेपत्ता

20k Shares

ललितपुरको बागमती गाउँपालिकामा बाढीले बगाउँदा एक महिनाको मृत्यु भएको छ। घटनामा आठ वर्षीया बालिका बेपत्ता भएकी छन् ।

बागमती –६ र ७ को सीमा क्षेत्रमा पर्ने गिम्दीको सङ्गमस्थल शुभाने खोलामा शुक्रबार आएको बाढीले बगाउँदा स्थानीय ४० वर्षीया सञ्जु स्याङतानको मृत्यु भएको प्रहरीले जनाएको छ। बाढीमा बेपत्ता बालिकाको परिचय खुल्न बाँकी छ।

वडा नम्बर ७ का वडाध्यक्ष नवराज सञ्जेलका अनुसार शुक्रबार दिउँसो साढे चार बजे खोला तर्ने क्रममा उनीहरुलाई बाढीले बगाएको हो। महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र क्षेत्रीले स्थानीयको सहयोगमा प्रहरीले बेपत्ताको खोजी सुर गरेको जानकारी दिए।

बाढीपहिरोको कारण ललितपुरको कान्ति लोकपथ तथा बगुवा र आश्राङ सडकसमेत अवरुद्ध भएको छ । रासस

सम्बन्धित समाचार