- डी.बी.शाही
आज संसारभरिमा सबैभन्दा बढी अनुसंधान र शाेधकाे बिषय बनेकाे छ साैरमण्डल- ब्रह्माण्ड या मानव शरीर र उसकाे रहनसहन र खानपान । एकातिर विज्ञानले याे ब्रह्माण्ड र यसमा बाँचिरहेका प्राणीहरकाे बारेमा कसरी स्वच्छ ,स्वस्थ , सुयाेग्य र सफल बनाउन सकिन्छ भनेर खर्वाैंखर्व खर्च गरेर हजाराैं अनुसंधान र शाेध गरेर त्यसैकाे आधारमा प्रात गरेकाे नतिजाकाे आधारमा अनुमानित केही नियमहरु, गर्नु पर्ने कामहरु,खानुपर्ने खाने कुराहरु,स्वास्थ्यमा देखिएका केही समस्याहरुलाई ,बाधाहरुलाई राेग भनेर त्यसकाे समाधान र उपायकाे खाेजीमा विभिन्न प्रकारका केमिकलहरु प्रयाेग गरेर राेग बाधा समाधान गर्न सफल भएकाे भनेर प्रचार प्रसार गर्ने गरेकाे पाइन्छ ।
तर वास्तवमा भन्ने हाे भने ओैषधी,खानेकुरा र रहनसहनमा परिवर्तन या सुधार गरेर वर्तमान चिकित्सा प्रणाली पुर्ण सफल भएकाे कतै देखिदैन, बरु विभिन्न प्रकारका केमिकलकाे सेवनले अनेकन राेगहरु उत्पन्न गरेकाे नै देखिन्छ भने साैरमण्डलमा पनि अनेक प्रकारका रासायनिक रकेट,क्षेपास्त्र र गाेला बारुद लगायत कृषिकाे उत्पादन बढाउन प्रयाेग गरिने अनेक प्रकारका रसायनीक मल र कीट नाशक ओैषधीहरुकाे प्रयाेगले मनुष्यकाे स्वास्थमा हानि पुर्याउनुकाे साथसाथै याे ब्रह्माण्डकाे वातावरणलाई नै दुषित , बीषादित र राेगी बनाऐकाे स्वयं तीनै शाेध र अनुसंधान गर्ने बैज्ञानिकहरु आफैले भन्छन् । एकातिर हामी स्वयं वर्तमानमा गरिने विभिन्न अन्वेषण ,उपचारमा प्रयाेग गरिने केमिकल , आणविक हथियार,कृषिमा प्रयाेग गरिने रसायनीक मलहरुले याे ब्रह्माण्डकाे वातावरण दुषित बनाएकाे, प्राणीहरु राेग मुक्त बनाउन प्रयाेग गरिने विभिन्न खाले केमिकलहरुले स्वास्थ्यमा नकारात्मक असर गर्छ भनेर भन्ने पनि गर्छाैं अर्कोतिर विकास उन्नति र स्वस्थ रहनकाे लागि प्राकृतिक वातावरण र मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने उयायहरुलाई याे ब्रह्माण्ड र प्राणी जगतकाे लागि अत्यन्त उययाेयी भन्ने पनि गर्छाैं ।
आधुनिक चिकित्सा पद्धतिले राेग सन्चाे पार्ने भनेर गर्ने उपाए या प्रयाेग गरिने ओैधषीबाट वास्तवमा के राेग सन्चाे भएकाे छ त ? सन्चाे पार्ने नाममा बाँचुन्जेल केमिकल प्रयाेग गरेर हाम्रो शरिरलाई चाहिने केमिकलकाे मात्रा मात्रै लेबलमा राख्नुलाई उपचार भन्न मिल्छ ? बाँचुन्जेल ओैषधी सेवन र राेग बाेकेर बाँच्नुलाई के साँच्चै उपचार भन्न मिल्छ ? एउटा विचार गर्नै पर्ने र साेच्नै पर्ने कुरा के छ भने के आधुनिक चिकित्सा पद्धतिले भने अनुसार राेग सन्चाे पार्ने निर्मुल गर्ने भन्छ तर के ओैषधी प्रयाेग गरेर सबै राेगी राेग मुक्त भएका छन् त ? उपचारकाे नाममा गरिने जुनसुकै पद्धति हाेस कुनै पनि विधि शतप्रतिशत सफल किन छैन ? वास्तवमा अब याे कुराकाे अनुसंधान गर्न,यस माथि बहस गर्न अत्यन्त आवश्यक भैसकेको छ। यसकाे लागि अबकाे बैज्ञानिक ,शाेधकर्ता,सामाजिक अभियन्ता,मिडिया ,पत्रकार,वातावरण विद्,कलाकार,साहित्यकार ,रचनाकार सबैले राेग र ओैषधि खाेज्नुकाे साटाे अब प्रकृतिलाई बुझ्ने उपायकाे गम्भीरतापूर्वक खाेजी गर्नु पर्ने वेला भएकाे छ ।
अत्यन्त गम्भीर भएर प्रकृतिको नियम (Law of Nature) काे बारेमा जान्नु पर्ने,अनुसंधान गर्नु पर्ने,शाेध गर्नु पर्ने आवश्यकता देखिन्छ तर हामी वास्तवमा के यसबारे साेच्ने गरेका छाैं त ? हामी त केवल विकास र समृद्धि कुन राष्ट्रंसंग लाखौंलाख मनुष्य र शहरहरु क्षण मै ध्वस्त पार्न सक्ने हतियार छ त्यलाई नै शक्तिशाली र विकसित मान्ने गरेका छाैं ,कुन राष्ट्रले मनुष्यलाई राेग मुक्त बनाउने नाउमा ओैषधीकाे व्यापार धेरै गर्छ त्यसलाई स्वास्थ्यमा अपार सफल भएकाे भन्छाैं । नेचुरल तरिकाले उत्पादन गरिने खाद्यान्न ,फलफुल,जल,तेल घ्यु आदि गुणस्तरहीन भनेर अप्राकृतिक तरिकाले अनेकन केमिकल मिसाएर बनाउने तेल ,बनस्पति घ्यु,रसायनीक मल र बिषाधी प्रयाेग गरेर उत्पादन गरिएका खाद्यान्नहरु गुणस्तरीय भनेर बडाे गर्वका साथ खाने गरेका छाैं। कर्णालीमा उत्पादन हुने कागुनु सस्ताे र अर्गानिक भएकाे कारण कुअन्नमा राखिन्छ भने अमेरिकाले प्लास्टिकको डब्बामा प्याक गरेकाे ढाइहजार रुपैयाँमा किनेर खाँदा गर्व गर्छाैं ? हामी स्वास्थ्य प्रति आफै कति सजक छाैं ? ओैषधी कम्पनीहरुकाे विज्ञापनमा भगवान भन्दा बढी विस्वास छ तर आफै माथि विस्वास छैन ?
जतिजति हामी स्वास्थ्यकाे बारेमा बहस,शाेध,अनुसंधान गर्दै गइरहेकाछाैं त्यतित्यति हामी झन्झन् कन्फ्युज हुँदै गइरहेकाछाैं स्वस्थ रहनकाेलागि आजकाे मनुष्य अप्राकृतिक साधन र खाद्यान्नकाे दास बन्दै गइरहेकाे छ । तथाकथित हाेस या जे हाेस 020/21 तिर फैलाइएकाे महामारी काेराेनाले एउटा कुरा छर्लङ्ग पारेकाे सबैले स्वीकार गरे पनि मान्न तयार छैन आधुनिक सभ्य र बैज्ञानिक समाज । काेराेना कालमा सबैले स्वीकार गरेका छन् कि काेराेनाकाे कारणले नभएर मनुष्यकाे मृत्यु , जसकाे इम्युनिटी पावर कम हुनुकाे कारण भएकाे भन्ने स्वीकारेकाे देखिन्छ। जसकाे इम्युनिटी पावर अत्यन्त कम थियाे तिनीहरुलाई कुनै पनि विधिले बचाउन सकेन भन्ने कुराकाे सकारात्मक बहस चलेकै हाे तर त्याे बहसलाई व्यापक रुपमा छलफल र बहसमा ल्याउनुकाे साटाे टाँयटाँय फिस्स गराइयाे । आँखिरमा इम्युनिटी पावर भनेकाे के हाे भन्ने बारे विस्तृत रुपमा छलफल गर्नु पर्ने र इम्युनिटी पावर कसरी बढाउने भन्नेतिर कसैकाे चासाे देखिन्न ? बरु युट्युबे स्वास्थ्य विज्ञहरुकाे जे मन लाग्याे जथाभावी पाेष्ट गरिने उपाएहरु र ओैषधी सेवन गरेर आजकाे सभ्य र बैज्ञानिक मनुष्य आफ्नु स्वास्थ्यकाे आफै दुश्मन बनेकाे छ । वास्तवमा भन्नै पर्दा हाम्राे शाेध,अनुसंधान गर्ने तरिक नै कतै अलमलिएकाे त हाेइन ?
सरसरती हेर्दा स्वास्थ्य सम्बन्धि गरीने सबै शाेध , खाेज,अन्वेषण ,अनुसंधान मानव स्वास्थ्यलाई नै ध्यानमा राखेर गरिएको देखिन्छ तर वास्तविकता के देखिन्छ भने आजसम्म हामीले मानव स्वास्थ्य भन्दा पनि मनुष्यकाे शरिरमा आइपर्ने समस्या ,बाधा अडचनलाई राेग भनेर त्याे राेगलाई कसरी निर्मुल पार्ने या कैद गरेर राख्ने तिर मात्रै बढी ध्यान केन्द्रीत गरेकाे देखिन्छ । चाेट पटक र आगाेले जलेकाे या कुनै जनावरले टाेकेकाे वाहेक अरु सबै राेगहरुकाे कारण भाइरस या कीटाणुलाई मानेकाे देखिन्छ र त्याे कीटाणु मार्न अनेक प्रकारका बिषाधी ओैषधी भनेर प्रयाेग गर्ने गरेकाे देखिन्छ तर एउटा पक्ष बिषाधी प्रयाेग गरेर भाइरस वा कीटाणु नष्ट हुन्छ र मनुष्य राेग मुक्त हुन्छ भन्ने छ भने अर्को केही सीमित व्यक्तिहरुले मनुष्यलाई जीवित र स्वस्थ राख्ने रगत पनि एउटा कीटाणु नै हाे याे रगतमा मिसिएर हामीलाई अस्वस्थ बनाउने कीटाणु या भाइरस मार्न प्रयाेग गरिने बिषाधी ( ओैषधी ) ले हाम्राे रगतकाे कीटाणुलाई पनि नष्ट गर्छ ।
विभिन्न प्रकारकाे राेग भनेर सन्चाे पार्न प्रयाेग गरिने ओैषधीले जसकाे हेल्दी सेल यानि रगतकाे कीटाणुकाे ग्राेथ ( उत्पत्ति ) राम्राेसंग हुन्छ भने मात्रै त्यस्तो अवस्थामा ओैषधीकाे रुपमा सेवन गराइने या प्रयाेग गरिने केमिकलले नाेक्सानी कम गर्छ र केही समयकाे लागि स्वास्थ्य सरल र सहज हुन सक्छ ? तर निर्मुल नै भएकाे कतै देखिन्न ? यी सम्पुरण कुराहरुकाे समाधान ओैषधी या अन्य बैकल्पिक उपाय विधि या पद्धतिमा नभएर केवल मात्र केवल इम्युनिटी पावर यानि शरिरलाई सुचारु र सुव्यवस्थित राख्न सबैभन्दा महत्पुर्ण भूमिका उर्जा शक्तिकाे नै छ भन्ने कुरा छर्लङ्ग छ ,त्यसैले ओैषधी,खाने कुरा,ब्यायाम लगायत वैदिक र भाैतिक उपाय गरे पनि हाम्रो शरिरकाे उर्जा शक्तिलाई संतुलनमा राख्न जरुरी छ र त्यसकाे लागि कुनै विद्युतीय उपकरण या केमिकल या कडा ब्यायामकाे आवश्यकता छैन् ।
केवल केही प्राकृतिक नियमहरु पालना गर्नु पर्ने हुन्छ :
१. छिटै सुत्ने छिटै उठ्ने ।
२.सकेसम्म दिनमा कमसेकम आधा धन्टा माटाेमा नाङ्गै खुट्टा हिड्ने ।
३. विद्युतीय उपकरणहरु माेबाइल,कम्प्युटर ,ल्याबटब,टिभी सकेसम्म कम उपयाेग गर्ने।
४. सकेसम्म आफ्नै किचनमा आफैले पकाएकाे खानेकुरा खाने।
५. जङ्क फुड,मैदाबाट बनेका खानेकुरा कम सेवन गर्ने ।
६.सकेसम्म दिनमा ३देखि ५ मिनेट जति टाउकाेले जमिनलाई छुने
७.अरुको खानपान,रहनसहन र दैनिकीमा अन्वेषण ,विश्लेषण र अनुसनधान तथा साेधखाेज गरेर रायबहादुर बनेर टेन्सन लिनु भन्दा पनि आफ्नै दैनिकीकाे मुल्यांकन गर्ने ।
८.आफ्नै कानले साेझै नसुनेकाे,आफ्नै आँखाले प्रत्येक्ष नदेखेको कुरामा ,अरुका कुरा सुनेर आफ्नु विचारलाई कसैकाे "हुकुम सरकार " नबनाउने ।
९. अन्य ब्यक्तिका समस्या या राेगलागेका कुरा सुनेकाे र देखेकाे भरमा मलाई पनि यस्ताे समस्या आइ पर्छ भनेर आफ्नु मनाेवल कमजाेर नबनाउने ।
याे ब्रह्माण्ड र यसमा बाँचेका प्राणीहरु जीवित रहुन्जेल जाेसुकैले जेजस्ता गफ गरे पनि समस्याकाे समाधान बाचुन्जेल कतै छैन र मरे पछि कुनै उपाएकाे कुनै काम छैन प्रयास मात्र यति हाे कि बाचुन्जेल जीवनलाई स्वस्थ्य ,स्वस्फूर्त ,सुखी,खुशी र सफल कसरी बनाउन सकिन्छ भन्ने हाे । त्यसकाे लागि संसारभरिका सम्पूर्ण मानव जातिले अरुलाई लुटेर,ठगेर ,काटमार गरेर सभ्य,बैज्ञानिक र विकसित र उन्नत ठान्ने चलनमा परिवर्तन ल्याउन सकिएन भने प्रकृतिले दिएकाे आयु भन्दा पहिले नै याे ब्रह्माण्ड र यसमा भएका प्राणीहरकाे अन्त समयभन्दा अगाडि नै सकिने कुराकाे लक्षणहरु देखा पर्न थालिसकेका छन् । त्यसैले एउटाले अर्काेकाे विधि,काम गर्ने तरिकाकाे बिरुद्ध आफ्नु बुद्धि खर्च गरेर एकआपसमा लडेर आयु घटाउने काम बन्द गराैं ,हामी सबै मिलेर हातेमालो गर्दै उज्ज्वल भविष्य , स्वस्थ्य जीवन,समयकाे सदुपयोग ,सुशासन कायम गर्नेतिर साेचाैं, दुनियालाई आतंकित पार्ने कार्य त्यागेर सुन्दर शान्त संसार र स्वस्थ जीवनकाे बाटाेमा अघि बढाैं । उर्जा शक्तिलाई कसरी संतुलित राख्न सकिन्छ त्यस्ता उपाएकाे खाेजी गराैं ।