बीआरआईमा ऋण नलिने गरी सम्झौता गरेको भन्दै देउवाले गरे ओलीको प्रशंसा

12.5k Shares

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर गराएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआईमा ऋण नलिने गरी सम्झौता भएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका हुन् ।

सुनसरीको धरान जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले भने, प्रधानमन्त्रीज्यूलाई बधाई छ । ऋण लिएको छैन भनेपछि बुझ्नुस्, ऋण लिएकै छैन।ुउनले संविधान संशोधनको काम अगाडि बढिरहेको जानकारी दिए । सहमतिका आधारमा मात्र संविधान संशोधन गरिने उनको भनाइ छ ।

गगन थापालाई सभापतिमा उठाउन खोजेको भन्ने प्रश्नमा देउवाले प्रतिक्रिया दिँदै भने, तपाईंहरू जहाँ पायो, त्यहीँ घोषणा गर्नुहुन्छ, त्यसो नगर्नुस् ।

महाधिवेशन समयमै हुने दाबी गर्दै देउवाले भने, महाधिवेशन तोकिएकै समयमा हुन्छ। यो विषयमा अनावश्यक हल्ला गर्नु आवश्यक छैन ।

कांग्रेसका प्रवक्ता प्रकाश सरण महतले पनि बीआरआई सम्झौतामा कुनै ऋण नभएको पुष्टि गरे । गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ सालसम्मै कायम रहने दाबी गरे ।

सम्बन्धित समाचार